|

काठमाडौं : सनराइज बैंकले रसुवास्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ। आइतबार भन्सार कार्यालयको प्रमुख पुन्यविक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

सोही कार्यक्रममा गोसाइकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावा दोर्जे तामाङले एटिएमको उद्घाटन गरे। उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

हालसम्म १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ। साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि थप शाखा, शाखारहित बैंकिङ, एक्सटेन्सन काउण्टर र एटिएमहरू संचालन गर्ने योजना रहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.