|

काठमाडौं : सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गुटहरु झाँगिदै जाँदा सरकारको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेका छन्।

आइतबार बसेको स्थायी समिति बैठकमा दुवै अध्यक्षका तर्फबाट प्रचण्डले पेश गरेको प्रतिवेदनमा एकीकरणमा भएको ढिलाइका कारण पार्टी अन्योलग्रस्त रहेको समेत उल्लेख छ। 'पार्टी संस्थागत छैन, विभिन्न प्रकारका गुट झाँगिदै जान थालेका छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्ति बढिरहेका छन्,' प्रतिवेदनमा भनिएको छ। 

तीन महिनाभित्र पार्टी एकीकरण गर्ने प्रतिबद्धता पुरा हुन नसक्दा पार्टी र सरकार सञ्चालन प्रकृयामै समस्या उत्पन्न भएको पनि प्रतिवेदनमा उल्लेख छ। विधानतः ३/३ महिनामा बैठक बोलाउनुपर्ने भए पनि नेकपा स्थायी समितिको बैठक एक बर्षपछि बसेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.