|

काठमाडौं : सेवा सञ्चालनको पाचौँ वर्ष पुगेको अवसरमा काठमाडौं धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले बालरोगका सम्पूर्ण उपचार सेवा सुरु गरेको छ।

अस्पतालले सातै दिन चौबिसै घण्टा बालरोग विशेषज्ञको उपलब्धता रहने पेडियाट्रिक इमरजेन्सी बाल आकस्मिक उपचार सेवा, अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बालबालिकाका लागि पेडियाट्रिक बार्ड (समर्पित बाल उपचार कक्ष), सघन उपचार आवश्यक भएका नवजात शिशुका लागि नवजात सघन उपचार केन्द्र (नियोनेटल इन्टेन्सिभ केयर युनिट-एनआईसियु) र सघन उपचार आवश्यक भएका बालबालिकाकालागि बाल सघन उपचार केन्द्र (पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट-पिआईसियु) सुरु गरेको जनाएको छ।

त्यसैगरी सरुवारोगको संक्रमण भएका र सघन उपचार आवश्यक भएका बिरामीका लागि एन आइसियु र पिआइसियुमा अलग्गै कक्षको समेत ब्यवस्था रहेको अस्पतालले जनाएको छ।

जनरल पेडियाट्रिक ओपिडी - बाल बहिरङ्ग बिभाग अन्तर्गत बाल बालिकाहरुमा देखिने विभिन्न रोगहरुको पहिचान, निदान र उपचार हुने अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.