|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–९ मा फेला परेको बम निष्क्रिय नबनाउँदै अर्को ठाउँमा पनि बम फेला परेको छ।

ऐतिहासिक रंगभूमि बाह्रबिघाको उतर–पूर्व कुनामा बमजस्तै बस्तु देखिएको प्रहरीले जनाएको छ। दुवै ठाउँलाई घेरा हालेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बम फेला परेको दुवै ठाउँ करिब ६०० मिटरको दूरीमा पर्छ।

नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमै छ। संकटमोचन मन्दिरदेखि पूर्वमा फेला परेको कुकर शक्तिशाली बम रहेको सेनाको अनुमान छ। त्यहाँ नजिकै घरहरु छन्। त्यसैले बम डिस्पोज गर्दा घरमा क्षति पुग्नसक्ने भन्दै सेनाले घरहरु खाली गराउन आग्रह गरेको प्रहरीले बताएको छ।

घरहरु सबै खाली भइसकेपछि बम निष्क्रिय गरिने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। यहाँ खाली ठाउँ नभएकाले बम निष्क्रिय गर्ने काम ढिलो भएको उनले बताए।

धनुषाकै महेन्द्रनगरमा तीन जनाको ज्यान जानेगरी तीन दिनअअघि मात्र भएको घटना सेलाउन नपाउँदै जनकपुरका दुई ठाउँमा शंकास्पद वस्तु फेलापरेपछि स्थानीयमा त्रास पैदा भएको छ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.