|
फाइल फोटो

पर्सा : दुई दिनसम्म परेको हिउँदे झरीले इँटा पखाल्दा बारा र पर्साका उद्योगीलाई १२ करोड रुपैयाँ बराबरको नोक्सानी पुगेको छ। 

भट्टामा पोल्नका लागि तयार गरेर राखिएका काँचो इँटा पानीले पखालेको इँटा व्यवसायी सङ्घ बारा पर्साका महासचिव रवीन्द्रप्रसाद यादवले जानकारी दिए। 

'एक महिनादेखि मजदूर लगाएर काँचो इँटा बनाउन लगाएका थियौँ,' यादवले भने-'बेमौसमी झरीको कारण पोल्न राखेको सबै इँटा गलेर नष्ट भएको छ। आर्थिक समस्या आइपरेको छ।'

बारा र पर्सामा करिब २०० इँटा उद्योग रहेका छन्। इँटा गलेर नष्ट भएपछि आर्थिक समस्या भोग्नुपरेको व्यवसायीको गुनासो रहेको छ। मजदूरलाई काम गर्नुपूर्व नै भुक्तानी दिनुपर्ने कारण समस्या परेको उनीहरुले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.