|

काठमाडौै : पोखरा प्रिमियर लीको पहिलो खेलमा विराटनगर टाइटन्सलाई धनगढी ब्लुजले एक सय १८ रनको लक्ष्य दिएको छ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १७ रन बनायो।  सुरुवात राम्रो गर्न नसकेको धनगढीले पाँच रनमा पहिलो विकेट गुमायो। उसका ओपनर सन्दिप सुनार मात्र तीन रनमा पेभेलियन फर्किए।

त्यसपछि ३२ रनमा दोस्रो विकेट खेर फालेको धनगढीले ४० रनमा तेस्रो विकेट गुमायो। विदेशी खेलाडी रोद्रिगो थोमस १६ रनमा आउट भए भने कप्तान दिपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन्।

धनगढीको विकेट झर्ने क्रम यतिमा रोकिएन। ४८ रनमा चौथो विकेट गुमाएको उसले ७९ रन बनाउँदा सात विकेट झार्न पुग्यो। धनगढीका श्रीमन्थ विजेरत्नेले २५ रन बनाए भने सन्दिप जोरा सात, अमित यादव तीन र मञ्जित श्रेष्ठ ११ रनमा आउट भए। त्यसपछि सौरभ खनाल १२ रनमा बाहिरीदा धनगढीले ९८ रनमा आठ विकेट गुमाउन पुग्यो।

धनगढीका लागि अन्तिममा कमलसिंह ऐरीले २६ रनको योगदान गरे। बलिङमा साहब आलमले तीन तथा नोमान खानले दुई विकेट लिए। केहिबेरमा विराटनगरले जवाफि व्याटिङ गर्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.