|

झापा : निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ। सोमबारदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही सातामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको  छ।

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी बताए। उनले ती क्षेत्रका उडानले भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउने विश्वास व्यक्त गरे।

उनका अनुसार १८ सिट रहेको विमानले ताप्लेजुङ सुकुटारसम्म १४ र लुक्लामा १२ जना मात्र बोक्नेछ। हरेक दिन बिहान ७ बजेदेखि भद्रपुरबाट उड्ने विमानलाई लुक्ला विमानस्थल पुग्न आधा घण्टा लाग्ने छ। यात्रुको  रुचिअनुसार भद्रपुरदेखि लुक्का हुँदै एक घण्टा १० मिनेटको समयमा काठमाडौँसम्म पुग्ने व्यवस्थासमेत गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.