|

चितवन : राप्ती नगरपालिका–१ लोथरस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको कनकाई गरपालिका–१ का ४० वर्षीय अर्जुन जोगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरीत दिसशतर्फबाट आइरहेको ना ६ ख ७९६७ नम्बरको ट्रक सोमबार बिहान साढे ७ बजे ठोक्किदा जोगीसहित चारजना घाइते भएका थिए। 

ना ६ ख ७९६७ नम्बरको ट्रकका चालक जोगीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिहान ८ः२५ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। सोही ट्रकका सहचालक मोरङका २० वर्षीय प्रज्वल देवान, ना ५ ख ८७४३ नम्बरको ट्रकका चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन र सोही ट्रकका सहचालक मकवानपुरको बाग्मती गाँउपालिका–१ का २० वर्षीय सोमबहादुर थिङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ। तीजना खतरामुक्त रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.