|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनको अन्तरालमै निधन भएका नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीप्रति  श्रद्धाञ्जलि व्यक्त गरेका छन्। सोमबार विहान एक ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन्।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्–“गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.