|

दमक : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपि ओलीले विकासमा कसैले राजनिति गर्न नहुने बताएका छन्। झापा क्षेत्र नम्बर ७ मा बिहीबार विभिन्न योजनाहरुको शिलान्यास गर्दै ओलीले विकास निर्माणका कार्यमा राजनितीक गरेर बाधा नगर्न आग्रह गरे।

दमक वडा नम्बर १७ को बेतिनी–मावा–आम्बारी पुलको शिलान्यास गर्दै उनले विकास निमार्णका क्रममा सबै दलहरु एकजुट हुनुपर्ने बताए। यसअघि बुधबारमात्रै यही पुलको पश्चिमपट्टीको भागमा माओवादी केन्द्रका नेता रवतराज पुरीले शिलान्यास गरेका थिए। सत्तारुढ माओवादी, कांग्रेस र राप्रपाका नेता कार्यकर्ताको उपस्थितीमा हिजो पश्चिमपट्टीको भागमा पुलको शिलान्यास भयो।

आज ओलीले पूर्वपट्टी शिलान्यास गरे। ‘झापाको क्षेत्र नम्बर ७ लाई नमुना क्षेत्रको रुपमा बिकास गर्ने मेरो लक्ष्य हो,तर साथीहरुले सहयोग गरेनन् विरोधमात्र गरे,’ शिलान्यास कार्यक्रममा ओलीले भने। ओलीले सरकारी बजेटबाट आएको रकमले गरिने विकास निर्माण कामको कसैले एकलौटी जस लिन नमिल्ने बताए।

'विकास निर्माणका लागि आएका बजेटहरु कसैका आफ्ना एकलौटी हुदैनन।् यो योजनाहरु सबैको सहमतिमा ल्याईएका हुन भ्रममा नपर्नुस्,’ ओलीले भने। 

शिलान्यासमै व्यस्त 

एमाले अध्यक्ष ओलीले मावा खोलामा पक्की पुलको शिलान्यास गरेपछि गौरादह– दमक जोड्ने रतुवा खोलामा पक्की पुलको शिलान्यास गरे। त्यसपछि उनले लखनपुरको मंगलबारेबाट धरमपुर हुँदै शिवगञ्ज जोड्ने बाटो ग्राभेलको शिलान्यास गरे। 

यस सडकमा स्तरीय ग्राभेल गर्न करीब साढे ६ करोडमा ठेक्का सम्झौता भैसकेको सडकको लखनपुर खण्डका उपभोक्ता समिति अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए। 

गृहनगरमा ओलीलाई कालो झन्डा 

लखनपुरको मंगलबारेबाट धरमपुर हुँदै शिवगञ्ज जोड्ने बाटोको शिलान्यास गर्न गएका ओलीलाई कार्यक्रमस्थलमा कालो झन्डा देखाइयो। विरोधीहरुले कार्यक्रमस्थल वरपर कालो झन्डा गाडेका थिए। यसअघि झापा लखनपुरमा निर्माणाधिन आदिवासी जनजाति रंगशालाको नाम मदन भण्डारी रंगशाला राख्‍ने अभिव्यक्ति दिएपछि ओली विवादमा छन्।

लखनपुरमै बिहीबार सडक शिलान्यास गर्न आएको मौका छोपेर ओलीलाई सांकेतिक विरोध स्वरुप कालो झन्डा देखाइएको स्थानीय दिपेनवाला राईले बताए।कार्यक्रम अवधिभर स्थानीय मंगलबारे बजार बन्द गराएको सगुन युवा क्लबका अध्यक्ष देवी आङ्देङ्बेले बताए। 

स्थानीयवासीले ओलीको कार्यक्रमस्थलमा कालोझन्डा गाडेपछि प्रहरीले सुरक्षा व्यवस्था निकै कडा पारेको थियो। शिलान्यास कार्यक्रममा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालिन थिए। कार्यक्रमस्थलमा गाडिएका झन्डालाई एमाले कार्यकर्ताहरुले उखेलेपछि शिलान्यास कार्यक्रम सुरु भयो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.