|

काठमाडौंः युवालाई उद्यमशिल बनाउनका लागि काठमाडौं महानगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी)बीच सम्झौता भएको छ। महानगर र युएनडीपीबीच ‘काठमाडौं मेट्रोपोलिटन सिटी हब (के–हब)’ कार्यक्रम संचालनका लागि आइतबार सम्झौता भएको हो।

जसमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र यूएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडालबेले हस्ताक्षर गरेका छन्।

सम्झौतामा युवाका लागि उद्यमशीलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ। सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँग मिलेर शहर युवाका लागि यो कार्यक्रम सुरू गरिने प्रमुख शाक्यले बताए। यो कार्यक्रममार्फत महानगरका युवालाई आयआर्जनमा लगाइने उनले बताए। ‘यसमा महानगरले लगानी गर्छ र आवश्यकताअनुसार लगानी साझेदारिता बढाउँदै लैजान सकिन्छ,’ उनले भने।

युएनडिपीका आवासीय प्रतिनिधि आइसानाले स्थानीयस्तरमा उपलब्ध तर बजार भाउ नपाएका सामान तथा वस्तुलाई बिक्रीयोग्य बनाउने र उत्पादिन सामानलाई बजारको पहुँचमा पुर्‍याउने लक्ष्यसहित यो कार्यक्रममा यूएनडीपी सहभागी भएको बताइन्।

कम लागतमा गुणस्तरीय बस्तु उत्पादन, ढुवानी, भण्डारण र वितरण व्यवस्थाका लागि युवालाई प्रोत्साहित गरिने उनको भनाइ छ। स्थानीय वस्तु र बजारलाई प्रर्वद्बन गर्नको लागि युनडीपीले यस्तो कार्यक्रम ल्याएको उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.