|
संसदीय दलको कार्यालयमा विधेयकबारे जानकारी गराउँदै बालकृष्ण खाँड

काठमाडौं : संघीय संसदमा पेस भइसकेको ‘ नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार कांग्रेसको संसदीय दलको कार्यालयले विज्ञप्ति जारी गरी उक्त विधेयकले नागरिकका गोपनियता भंग गर्ने लगायतका कुरा उल्लेख गर्दै ध्यानाकर्षण भएको जनाएको हो। ‘नेपाली नागरिकको गोपनियता भंग हुने, स्वतन्त्रता सिध्याउने, सूचना चुहावट हुने, संविधान प्रतिकूल हुने ऐन कांग्रेसलाई स्वीकार्य छैन’, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘यो विधेयक तत्काल फिर्ता हुनुपर्छ भन्ने कांग्रेस र कांग्रेसको संसदीय दलको कार्यालयको माग हो।’

कांग्रेसले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संविधानमा उल्लेखित मौलिक हक र स्वतन्त्रताको हकविपरित भएको ठहर भएको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.