|

काठमाडौंः ललितपुर महानगरपालिकाले १३ औं सागका पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ। महानगरभित्र स्थायी बसोबास गर्ने पदक विजेता खेलाडीलाई सम्मान गर्न लागेको हो। महानगरपालिकाले स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीहरूलाई सम्मान गर्ने भएको हो।

पौष २ गते महानगरपालिको प्राङगणमा पदक विजेताहरुलाई सम्मान गर्न लागिएको ललितपुर महानगरपालिकाका समाज कल्याण महाशाखाका प्रमुख बाबुराजा महर्जनले बताए। उनका अनुसार खेलाडीहरुलाई यति नै रकम दिने भनेर निर्णय भइसकेको छैन। वितरण गर्ने दिन निर्णय गरेर रकम पुरस्कार वितरण गरिने महर्जनले बताए। उनले भने,' पदक अनुसार रकम पनि तलमाथि गरेर दिइन्छ। बढी स्वर्ण जित्नेलाई दिइन्छ।' 

खेलाडीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले सम्मान गरिने उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.