|

जुम्ला : जडीबुटी संकलनका लागि जुम्लाको तिला गाउँपालिका-९ को शेरा फुलबारी पाटनमा बेपत्ता भएका भनिएका सबै जना सकुशल घर फर्किएका छन्। उनीहरु आइतबार राति १० बजेतिर गाउँ फर्किएका हुन्। बिहीबार जडीबुटी संकलनका लागि पाटनतिर गएका उनीहरु हिउँमा परेर बेपत्ता भएका थिए।

बेपत्ता भएकाहरुसँग कुनै सम्पर्क हुन नसकेपछि खोजबिन गरिदिन सरकारसमक्ष माग गरिएको थियो।  बेपत्ता भएकाहरुको कुनै खबर नआएपछि गृह मन्त्रालयको निर्देशनमा प्रदेश सरकारले खोजीका लागि हेलीकप्टर पठाउन लागेको थियो। मौसम खराबीका कारण हेलीकप्टर उड्न ढिलाई भएको थियो।

बिहान बेपत्तामध्येको एकजना छविराज बोहोराले फोन गरेर आफूहरु सकुशल भएको जानकारी दिएका थिए। फर्किएका १३ जनाले हिमपातमा परेर मृत्यु भएका बीनबहादुर बोहोरालाई सँगै लिएर गाउँ फर्किएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.