|
फाइल फोटो

इटहरी : बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबबा ‍‍अर्थात कृष्णबहादुर गिरीको बयान सकिए पनि  थप अनुसन्धानकाे लागि पुन सात दिनको थुनामै राखेर अनुसन्धान गर्न म्याद थप भएकाे छ।

सोमबार पछिल्लो ३ दिनको म्याद सकिएपछि जिल्ला अदालत सुनसरीले फेरि अनुसन्धानका लागि भन्दै पुन: ७ दिनको म्याद थपेको हो। आफ्नै अनुयायीलाई बलात्कार गरेको मुद्दामा छनबिन भइरहेको बाबाको बयान भने सकिएकाे प्रहरी बताएकाे छ।

प्रहरीले कृष्णदासलाई अस्पतालमै अनुसन्धान गरिरहेकाे छ। उनले हिरासतलाई छलेर अस्पतालको सुविधासम्पन्न कोठामा बस्दै आएका छन्। पक्राउ पर्ने छनक पाएदेखि नै बिरामी भएकाे भन्दै अस्पताल बसेका गिरिलाई प्रहरीले आफ्नै हिरासतमा राखेर अनुसन्धान गर्न पाएको  छैन।

प्रहरीलाई उपचारको नाममा बयान दिन आनाकानी गरेका गिरीले अदालतमा पनि बाेलेका छैनन्। खास के बिरामी भनेर यकिन हुन नसके पनि अस्पताल प्रशासनकै सहयोगमा उनी सुविधासम्पन्न कक्षमा छन्।

गिरीको बयान गर्नेदेखि अदालत लैजाने विषयमा पनि अस्पताल प्रशासनले प्रहरीलाई शारीरिक कारण देखाउँदै बयानमा अफ्ट्यारो पार्ने गरेको छ।

 प्रहरीले गिरीकाे मुद्दा आजै बुझाउने तयारी गरेको थियो। तर, अस्पतालको सुधामा बस्दै आएका गिरि पुन अस्पताल नै बस्न मन गरेपछि पुन म्याद थपेको हो। आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई नियन्त्रणमा लिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.