|
File Photo : thehimalayantimes.com

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नयाँ शक्ति पार्टीबीच संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पारित गराउन सरकारलाई संयुक्त दबाब दिने सहमति भएको छ।

बबरमहलमा भएको छलफलमा मोर्चाले आफ्ना २६ बुँदे मागमा समर्थन गर्न नयाँ शक्तिलाई प्रस्ताव गरेको थियो। छलफलमा नयाँ शक्तिका तर्फबाट संयोजक डा. बाबुराम भट्टराई, देवेन्द्र पौडेल, ओम गुरुङ,गंगा श्रेष्ठ लगायत  नेताहरु सहभागि थिए। त्यसैगरी मोर्चाबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, शरद्सिंह भण्डारी, मनिषकुमार सुमन, हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, भानुराम थारु लगायतका नेता सहभागि थिए। 

'संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पारित गराउन सरकारलाई संयुक्त दबाब दिने सहमति भएको छ। अन्य राजनीतिक विषयमा फेरि छलफल गर्ने सहमति भएको छ,' मोर्चामा आबद्ध सद्भावना महासचिव मनिषकुमार सुमनले थाहाखबरलाई बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.