|

धनगढी : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत रञ्जित रेले कैलालीमा निर्माण कार्य सम्पन्न नभएपनि बिहीबार हुलाकी सडक उद्घाटन गरेका छन्।

हुलाकी सडकको जिरो प्वाइन्ट धनगढी क्याम्पसचोकमा नेपाल र भारतको झण्डा अंकित शिला अनावरण गरी मन्त्री लेखक र राजदूत रेले उद्घाटन गरेका हुन् । बनिनसक्दै हुलाकी सडक उद्घाटन गरेको भन्दै स्थानीयले भारतीय राजदूतको विरोध गरेका छन्।

भारतीय निर्माण कम्पनी जीआर गाभारले जनवरी २०११ देखि निर्माण सुरु गरी ३० महिनाभित्र  सक्ने ठेक्का सम्झौता गरेको थियो। तर ठेकेदार कम्पनीले सम्झौता भएको १० महिनापछि मात्रै अर्थात सेप्टेम्बर २०११ देखि हुलाकी सडकको निर्माण सुरु गरेको थियो ।

निर्माण सुरु भएको पाँचवर्षपछि १८ किलोमिटर सडक नबन्दै हुलाकी सडककाे उद्घाटन गरिएको छ।

- अन्नपूर्ण पोस्टबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.