|

काठमाडौं : हाम्रो सौर्यमण्डल बाहिरको अर्को सौर्य मण्डलका हजारौँ ग्रह र तारामध्ये एउटा तारा र ग्रहको नाम नेपालीमा नामकरण भएको छ।

संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय खगोल युनियन (आइएयु) ले वैज्ञानिक नाम HD100777 भएको तारा र त्यसलाई घुम्ने HD100777B  ग्रहलाई नेपाली नाम दिएको हो।

सन् १९१९ मा स्थापना भएको आइएयूले मंगलबार फ्रान्सको पेरिसमा शतवार्षिकीको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा ताराको नाम सगरमाथा र ग्रहको नाम लालीगुँरास घोषणा गरिएको हो।

आइएयूले अवसर दिएअनुसार नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोले नेपाली नामकरणको नाम प्रस्ताव गर्न आह्वान गरेको थियो। जसअनुसार नासोले गोर्खा, सगरमाथा, अर्निको, गौतम बुद्ध, जानकी, भृकुटी, यति, लालीगुराँस, डाँफे, कुमारीजस्ता दशवटा नाम आइएयूमा पठाएको थियो।

नासोका अध्यक्ष सुरेश भट्ठराईका अनुसार अब सगरमाथा र लालीगुराँस तारा र ग्रह सम्बन्धित राष्ट्रका राजधानीबाट टेलिस्कोपको माध्यमले देख्न सकिनेछ। सगरमाथा र लालीगुराँस पृथ्वीभन्दा एक सय ७२ प्रकाश वर्ष टाढा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.