|

सोलुखुम्बु :सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपातका कारण बढेको चिसो छल्न दर्जनौं विद्यालय बन्द गरिएका छन्। खुम्बुक्षेत्रमा भएको हिमपात तथा सदरमुकाम आसपासका क्षेत्रमा अत्यधि चिसो भएपछि पठनपाठनमा समस्या आएको भन्दै विद्यालय बन्द गरिएको हो। जिल्लाका आधा दर्जन गाविसका ३० भन्दा बढी विद्यालय बन्द भएका छन्।

बन्द भएकामध्ये अधिकांश प्राथमिक विद्यालय छन्। सरकारी विद्यालयहरूमा अधिकांश विद्यार्थीहरू कमजोर आर्थिक अवस्था भएका अध्ययन गर्ने भएकाले चिसोमा बढी समस्या हुने गरेको बताइएको छ । चिसोका कारण विद्यालयमा  ६ घण्टा समय बिताउन निकै कठिन हुन्छ।’, पीके माध्यमिक विद्यालय तामाखानीका प्रधानाध्यापक चेतबहादुर मगरले बताए। 

भूकम्पका कारण भवन क्षतिग्रस्त भएपछि अस्थायी सिकाइ केन्द्रमा पठनपाठन भइरहेका कारण पनि समस्या आएको उनले बताए। बन्द गरिएका विद्यालयहरू माघ २० पछि खुल्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

-गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.