|

अर्घाखाँची : दिक्षण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता कमल श्रेष्ठलाई गृहजिल्लामा सम्मान गरिएको छ।

सन्धिखर्क नगरपालिका –१२, डिभर्नाका श्रेष्ठलाई पञ्चेबाजा बजाएर सन्धिखर्क बजार परिक्रमा गराएको थियो। तेक्वान्दोको पुम्से (एकल २४–२९ वर्ष)तर्फ स्वर्ण र तेक्वान्दाकै समूहगत विधामा कास्य पदक विजेता कमललाई उद्योग वाणिज्य संघ अर्घाखाँची, सन्धिखर्कका स्थानीय बासिन्दा र नेवार समुदायले फूलमाला, अबिर, मायाको चिनो र सम्मानपत्र प्रदान गरेको थियो। 

सम्मान कार्यक्रममा कमलले गृह जिल्लामा पाएको सम्मानले आत्मबल बढेको प्रतिक्रिया दिए। ‘यति धेरै सम्मान पाउँछु भन्ने सोचेकै थिएनँ,’ उनले भने, ‘ यो सम्मानले मेरो आत्मबल उच्च भएको छ।हौसला थपेको छ, अझ अगाडि बढ्ने आँट र साहस बढाएको छ।’

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, उपाध्यक्ष नेत्रप्रसाद भुसाल, महासचिव प्रदिप मिश्र लगायतले जिल्लाको गरिमा बढाएको भन्दै सम्मान पत्र, खादा र फूलमाला लगाइदिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.