|

जाजरकोट : छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ। 

जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ। प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन्। 

रकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए। 

जिल्लालाई साक्षर घोषणा गरिसकेपछि कोही पनि शिक्षाबाट वञ्चित नहुन् भनी कार्यालयले यो अभियानलाई कडाईका साथ अगाडि वढाएको सिंहको भनाई छ। यसले गर्दा विद्यार्थीलाई छिटो साक्षर बनाउँछ, अनि मात्र शिक्षकले तलब पाउँछ, नतिजा हेरेर मात्र तलब भुक्तानी गरिने कामलाई तिब्र पारिने उनको भनाई छ। 

विद्यालय जानबाट वञ्चित भएका तर पढ्नलाई निकै रुची राख्ने, गरिबीका कारण पढाई छाड्न बाध्य भएकालाई यो कार्यक्रमले समेट्नेछ। यो कार्यक्रम तीन महिना चल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.