|

काठमाडौं : राणाकालीन दरबार जोगाउने कि भत्काउने भन्ने बहस चलिरहेका बेला पुरातत्त्व विभागले २ चर्चित दरबार भत्काउने निर्णय गरेको छ। बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको मुख्यालय(ललिता निवास) र थापाथलीको थापाथली दरबार(सिंहमहल) भत्काइने भएको हो। 

बस्नै नहुनेगरी भत्केका २ दरबार पूर्णरूपमा भत्काएर नयाँ बनाउन लागिएको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। विभागले पहिलेको स्वरूप परिवर्तन नहुनेगरी नयाँ भवन बनाउन स्वीकृति दिएको छ। २ दरबार भत्काउने निर्णय भएपछि २०७२ वैशाखको भूकम्पका कारण भत्किएका अन्य सम्पदा पनि भत्काइने सम्भावना बढेको छ।

-नेपाल समाचारपत्र दैनिकबाट

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.