|
फाइल फोटो

काठमाडौं : व्यवस्थापिका संसदको बैठक बस्नुअघि शुक्रबार सभामुख ओनसरी घर्तीले मुख्य दलका प्रमुख सचेतहरुसँग छलफल गर्दैछिन्। निर्वाचनसँग सम्बन्धित कानुन र संविधान संशोधन विधेयकलाई तत्काल टुंगो लगाउने उद्देश्यले अनौपचारिक छलफलमा रहेकी सभामुख घर्तीले प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेकी हुन्।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठक बस्नुअगावै सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्ने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए ।

दलहरुबीच सहमति जुट्न नसक्दा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयक प्राथमिकतामा परेका छैनन्। शुक्रबारको बैठकमा संसदको विकास समितिको मूल्याङ्कन प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

सरकार संविधान संशोधन विधेयकको पक्षमा दुई तिहाई पुर्‍याउने कसरतमा छ भने विपक्षी दलहरु आफ्नो मत जोगाउने रणनीतिमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.