|

भक्तपुर : दूधपाटीमा गएराति गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।  गएराति ९ बजे बा २ ख ९७२१ नम्बरको गाडीले एकैसाथ २ मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा बा १४ प ९२८८ नम्बरको मोटरसाइकलका चालक काठमाडौं कालिमाटीका अनिलकृष्ण ताम्राकार र बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक रहेका छन्। एक जनाको सनाखत हुन सकेको छैन। चालकसहित ठक्कर दिने गाडीलाई नियन्त्रण लिएको ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.