काठमाडौं : ला लिगामा दुई महारथि रियल मड्रिड र बार्सिलोना आज राति आमने हुँदैछन्। एल क्लासिकोका रुपमा चर्चित बार्सा र म्याड्रिडबीचको खेलको नतिजा यो पटक शीर्षताको होड हुनेछ।
बार्साको घरेलु मैदान क्याम्प नाओमा नेपाली समय अनुसार १२ः४५ मा हुने खेलमा जसले जित्छ शीर्ष स्थान बनाउनेछ। दुवै टोलीको हालसम्म १६ खेलबाट समान ३५ अंक छ। गोल अन्तरले बार्सा पहिलो स्थानमा छ।
रोनाल्डोबिनाको एल क्लासिको केही खल्लो हुनेछ। यो पटक बार्सिलोनाका मूख्य हतियार लियोनेल मेसी नै हुनेछन् भने रियलका प्रमुख हतियार करिम बेन्जेमा।
गत अक्टोबर २६ तारिखमा हुनु पर्ने यो खेल बार्सिलोनामा भएको प्रदर्शनका कारण रोकिएको थियो। यो खेलका लागि मात्र भनेर बार्सिलोना सहरमा ३० हजार सुरक्षाकर्मी तैनाथ गरिएका छन्।
हालसम्म यी २ क्लबबीच ला लिगामा १७८ भिडन्तमा समान ७२ जित र ३८ बराबरी रहेको छ। तर्सथ आजको खेल ला लिगमा एक अर्काबीच सर्वाधिक जितको लागि प्रतिस्पर्धा समेत हुनेछ।
एल क्लासिको भिडन्तमा बार्सा ४ सय गोलका लागि १ गोलले पछि हुँदा मड्रिडले ४०३ गोल पुर्याएको छ। मड्रिडविरुद्धको खेलका लागि बार्साले १८ सदस्यीय खेलाडीको नामसमेत सार्वजनिक गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।