|

सल्यान : सल्यानमा बालविवाह न्यूनीकरणसम्बन्धी अभियान  सञ्चालन गरिएको छ। सामाजिक कुसंस्कारको रूपमा रहेको बालविवाहले विकराल रूप लिएपछि सल्यानमा अभियान नै सञ्चालन गरिएको हो।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न गाउँपालिका भित्रका सम्पूर्ण घरमा स्टिकर टाँस गरेको छ। गाउँपालिका भित्रका ४ हजार ६ सय ३० घरधुरी बालविवाह न्यूनीकरणसम्बन्धी स्टिकर टाँसिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए।

‘बाल विवाहलले समाजमा धेरै जोखिमता निम्त्याएको छ। बालविवाहले उनीहरूलाई शिक्षाबाट बञ्चित गराउनुका साथै अनिर्णयको बन्दीसमेत बनाएको छ’ उनले भने।

बालविवाहले मातृ स्वास्थ्य तथा उनीहरूको स्वास्थ्यमा असर गरेकै कारण गाउँपालिका भित्रका प्रत्येक घर घरमा पुगी बालविवाहसम्बन्धी स्टिकर टाँससहितको अभियान सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष सीता केसीले बताइन्। बालविवाहले घरेलु हिंसा बढाउन उत्तिकै भूमिका खेलेको उनको भनाइ छ।

उनले भनिन् ‘मानव भएर सम्मानपूवर्क बाँच्न पाउने अधिकारबाट बञ्चित मात्र नभई उनीहरूमाथि हुन सक्ने शोषण, हिंसा हुन बल प्रदान हुने भएकाले नियन्त्रण मात्रै होइन पूर्णतः अन्त्यका लागि गम्भीर भई अघि बढ्न आवश्यक छ।’

छत्रेश्वरी गाउँपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा छत्रेश्वरी गाउँपालिकाका सम्पूर्ण घरधुरी, पसल, सार्वजनिक स्थल, विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयमा स्टिकर टाँस गरिने उनको भनाई छ।

स्टिकरमा आत्महत्या कायरता हो। २० वर्ष पूरा नभई विवाह गर्नु र गराउनु दण्डनीइ अपाराध हो। बाल मजदुरी हटाऔँ, बालबालिकालाई विद्यालय पठाऔँ लगायतका नारा राखिएको छ। साथै स्टिकरमा गाउँघर टोल छरछिमेक आसपासमा हुने कुनै घटना भएमा खबर गर्न प्रहरीलाई खबर गर्न विभिन्न प्रहरी कार्यालयको फोन नम्बरसमेत समावेस गरिएको छ।

गरिबि, अशिक्षा तथा चेतनाको कमी, सामाजिक सञ्जालको दुरुपयोग, देखासिकि गर्ने प्रवृति, बढ्दो आधुनिकीकरण, सामाजिक तथा सांस्कृतिक रूढीवादी कुसंस्कारलगायतका कारण जिल्लामा कनलविवाहले विकराल रूप लिइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए।  बालविवाह गर्ने र गराउने कार्यलाई कानुनले दण्डनीय मानेको उनको भनाइ छ।

बालविवाह गर्ने घर जनप्रतिनिधि र शिक्षकले बहिस्कार गर्ने

यसैबीच बालविवाह गर्ने घर जनप्रतिनिधि र शिक्षकले बहिस्कार गर्ने भएका छन्। बालविवाह भइरहेको खबर पाए नगर्न आग्रह गर्ने, नमाने बालविवाह हुने घर बहिस्कार गर्ने र प्रशासनलाई खबर गर्ने जनप्रतिनिधि र शिक्षकले प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार छत्रेश्वरी गाउँपालिकाले आयोजना गरेको बालविवाह न्यूनीकरणसम्बन्धी सरोकारवालासँग अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिले प्रतिबद्धता जनाएका हुन्। सामाजिक कुरीतिको रूपमा रहेको बालविवाह न्यूनीकरणका लागि आफैँबाट अभियान सञ्चालन गर्नुपर्ने छत्रेश्वरी गाउँपालिका-२ का वडा अध्यक्ष प्रेमबहादुर खड्काले बताए।

बालविवाह न्यूनिकरण गर्न गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा बालविवाहसम्बन्धी कक्षा सञ्चालनसमेत गरिने भएको छ। सल्यान जिल्लामा झन्डै ६२ प्रतिशतले बालविवाह गरेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.