|

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ४५औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्दैछन्। नेपाली समय अनुसार राति पौने ११ बजे क्यापिटल हिलमा हुने समारोहमा प्रधानन्यायाधीश जोन रोबर्टस्ले ट्रम्पलाई सपथ गराउनेछन्।

सपथपछि राष्ट्रपति र उपराष्ट्रपतिले संसद भवन क्यापिटल हिलदेखि ह्वाइट हाउससम्मको परेडको नेतृत्व गर्ने सीएनएनले जनाएको छ। ७१ वर्षीय ट्रम्प अमेरिकाका सबैभन्दा पाका राष्ट्रपति बन्नेछन्। 

राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि बिहीबार वाशिङ्टनमा भएको कार्यक्रममा ट्रम्पले अमेरिकालाई एकजुट गराउने र देशमा व्यापक परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका छन्। ‘हामी अमेरिकालाई शानदार देश बनाउने छौं। सबैका लागि। एक–एक व्यक्तिका लागि।’ आफ्ना लागि आयोजित स्वागत समारोहमा ट्रम्पले भने, ‘रोजगारीको अवसर सिर्जना गर्ने, सेनामा आत्मविश्वास जगाउने र सीमा बलियो बनाउने काम प्राथमिकतामा राखेको छु।’ ट्रम्पले देशमा कैयौं दशकदेखि नभएको काम आफूले गरेर देखाउने दाबी गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.