|

चितवन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट संविधान संशोधन विधेयक पारित भएपछि मात्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुने प्रतिक्रिया दिएका छन्। 

‘स्थानीय निर्वाचन कम महत्त्वको विषय होइन’, उनले भने, ‘सबै पक्षको भावना सम्बोधन गर्न पहिले संविधान संशोधन गर्नुपर्छ। ’चितवनको भरतपुरमा शुक्रवार प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संशोधन पारित भएलगत्तै निर्वाचनमा होमिने जनाए। 

देउवाले नागरिकको मतको कदर गर्न प्रमुख प्रतिपक्षी दल एमाले चुक्न नहुने बताए। मुलुकलाई निकास दिन दलहररू मिलेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए। उनले स्थानीय निर्वाचनपछि मात्र सरकार परिवर्तन हुने संकेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.