जीवनस्तर सुधारमा ध्यान देऊ

|

काठमाडौं : कृषि विकास बैंकले स्वर्ण जयन्तीको अवसरमा शुक्रबार आयोजना गरेको समारोहमा प्रमुख अतिथि थिए उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा। महराले आफ्नो मन्त्व्यका क्रममा कृषि विकास बैंकसँगको ३३ वर्ष पुरानो सम्बन्ध सम्झिए। त्यतिबेला अहिलेका मन्त्रीसँग कृषि विकास बैंकको सम्बन्ध केवल ऋणी र निक्षेपकर्ताको रुपमा मात्र थियो।

अर्थमन्त्री महराले बैंकसँग भावनात्मक सम्बन्ध रहेको खुलाए। 'कृषि विकास बैंक आफ्नै परिवार जस्तो लाग्छ, यो बैंकसँग मेरो अलि पुरानो र भावानात्मक सम्वन्ध रहेको छ' महराले सुरुमै भने। २०४० सालमा कृषि विकास बैंकको रोल्पा शाखाबाट महराले गाईपालनका लागि १२ हजार रुपैयाँ ऋण लिएका रहेछन्।  'म रोल्पामा नै थिए आजभन्दा ३३ वर्ष पहिले गाईपालनको लागि यस बैंकबाट १२ हजार रुपैयाँ  कर्जा निकालेको थिए, यो बैंकमाथिको विश्‍वास अहिले पनि मलाई उस्तै लाग्छ' महराले भने। 

बैंकसँग महराको अर्को सम्बन्ध हो रोल्पा शाखाको पहिलो निक्षेपकर्ता। कृषि विकास बैंकले २०६२ सालदेखि रोल्पा शाखामा निक्षेप संकलन सुरु गरेको थियो। त्यतिबेला महराले बैंकमा पहिलो पटक निक्षेप जम्मा गरेका थिए। 'अलि पहिले निक्षेप जम्मा गर्न मिल्दैन थियो, १० वर्ष पहिले २०६२ साल तिर हुन सक्छ रोल्पा शाखाको पहिलो निक्षेपकर्ता म हुँ' महराले पहिलो निक्षेपकर्ता भनेपछि कर्मचारीहरुले ताली बजाए।

जीवनस्तर सुधारमा ध्यान देऊ

२०२४ साल माघ ७ गते स्थापना भएको कृषि विकास बैंकले शुक्रबार स्वर्ण जयन्ती मनाएको छ। स्वर्ण जयन्तीमा अर्थमन्त्री महराले निम्न वर्गीय जनताको जीवनस्तर सुधार्ने गरी कर्जा प्रवाह गर्न कृषि विकास बैंकलाई आग्रह गरे। उनले बैंकको उद्देश्य अनुसार लक्षित वर्गमा वित्तीय पहुँच बृद्धि गर्न समेत आग्रह गरे।

'कृषि विकास बैंकले आफ्नो उद्देश्य अनुरुप वित्तीय पहूँच बृद्धि गर्नुपर्छ। निम्नवर्गीय परिवारको जीवन स्तर सुधार गर्ने गरी कर्जा विस्तार गर्न आग्रह गर्दछु' महराले भने। उनले बैंकको वित्तीय स्थति सकारात्मक रहेको बताउदै आगामी दिनमा समेत पारदर्शी ढंगले बैंकलाई अघि सार्नको लागि आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.