|

दाङ : दाङमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।

दाङको तुलसीपुरदेखि सल्यान जाँदै गरेको रा १ ज ८२२ नम्बरको जिप शुक्रबार दिउँसो सवा ३ बजेतिर तुलसीपुर ३ पैयाखोरेमा दुर्घटना हुदाँ कपुरकोट गाउँपालिका ४ गारापानीकी २० वर्षीया गीता बुढाथोकी को घट्नास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुर्घटनामा परी जिपमा सवार ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हरिहर नाथ योगीले बताए। त्यसैगरी जिप चालक फरार भएकोले खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ।  

घाइतेहरू उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.