|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालको सार्वभौम सत्तामाथि प्रश्न उठ्ने गरी बिभिन्न गतिविधि भइरहँदा पनि सरकार चुप लागेर बसेको आरोप लगाएका छन्। संसद बैठकको विशेष समयमा बोल्दै नेता रावलले छिमेकी देशमा नेपालको राष्ट्रिय स्वाधिनता र सुरक्षामा खलल पर्ने गरी छलफल भइरहेको सूचना आएको भन्दै सरकारले त्यस विषयमा पटक्कै ध्यान नदिएको बताएका हुन्।

सुन तस्करीमा वृद्धि भइरहेको र भारतले नेपालमा हवाई मार्शल राख्न खोजिरहेको भन्दै उनले भने 'तर सरकार भने सरकार भने संविधान संशोधनसँग मन्त्री पद साट्ने गरेको चर्चा चलिरहेको छ' उनले भने।

हालै बबरमहलको आर्ट ग्यालरीमा भएको फोटो प्रदर्शनीमा ताइवानको झण्डा फहराएर सरकारले चीन विरोधी गतिविधिलाई बढावा दिएको आरोप  पनि उनले लगाए।

आफूले राष्ट्रियता कमजोर भइरहेको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएपनि त्यसलाई हल्का रुपमा लिएको र राजनीतिक एजेण्डा बनाउन खोजेको रावलले बताए। 'सीके राउतहरुले खुलम खुल्ला राष्ट्रघाती गतिविधि गरिरहँदा सरकार चुप लागेर बस्यो, सरकारले ध्यान दिएन' रावलले भने। उनले गम्भीर राष्ट्रिय सुरक्षाको विषयमा निकास निकाल्न प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुख र प्रमुख प्रतिपक्ष सहितको बैठक बोलाउनुपर्छ र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ।  

काठमाडौं आएका भारतीय नेताले नेपालको संविधानबारे गरेको टिप्पणीबारे विरोध जनाउँदै रावलले नेपालको संविधान कस्तो बन्नुपर्छ र नेपालका नागरिकलाई कस्तो अधिकार दिने भन्ने मित्र राष्ट्रका नेताले बोल्नु कुटनीतिक मर्यादा विपरीत हुने रावलले बताए।  सरकारले चुनाव गर्न आलटाल गरिरहेको भन्दै नेता रावलले निर्वाचन सम्बन्धी कानुनहरु तत्काल पारित गर्न माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.