|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले तत्कालै स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन्। संसदको विशेष समयमा बोल्दै उनले स्थानीयको चुनाव नगरी सिधै संसदको चुनाव गर्न नहुने भन्दै सरकारले तत्काल स्थानीय तहको चुनाव घोषणा गर्नुपर्ने बताए। 'एकै पटक संसदको चुनाव गर्ने कुरा गर्नुहुन्न, यसले मुलुकलाई भड्खालोमा पार्छ। पहिले स्थानीय तहकै चुनाव हुनुपर्छ। एकै पटक संसदको चुनाव गर्नु हुँदैन'उनले भने।

स्थानीय तह पुनर्संरचना आयोगले जिल्लालाई वेवास्ता गरेर प्रतिवेदन तयार गरेको भन्दै उनले यसप्रति आफ्नो असन्तष्टी रहेपनि स्थानीय तहको चुनाव गर्नैपर्ने बताए। 'चुनाव तुरुन्त घोषणा हुनुपर्छ। चुनाव नगरी संविधान कार्यान्वयन हुँदैन, संविधान कार्यान्वयन भने देश खतरामा फस्दैछ'उनले भने।

नेता पौडेलले प्रतिपक्षी एमालेलाई सुझाव दिँदै संविधान संशोधन मार्फत कार्यान्वयनमा लाग्न आग्रह गरे। 'हामी आफैले जारी गरेको संविधान कार्यान्वयन गर्न हामी नै लाग्नुपर्‍यो नि' उनले भने।  

पौडेलले मधेस केन्द्रित दललाई पनि चुनावमा जान आग्रह गर्दै घुमाउरो भाषामा संविधान संशोधनको विषयमा अडान नराख्न आग्रह गरे। 'तपाई हाम्रै माग बमोजिम समानुपातिक समावेशी र संघीय प्रणाली जस्ता उपलब्धीको रक्षा गर्न चुनावमा जानुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.