|

काठमाडौं : भक्तपुरको पिखेलमा दुई वटा मोटरसाइकल ठोक्किदा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भिर घाइते भएका छन्। बा ४० प ३३८४ र बा ४३ प ८१०८ नम्बरको दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएको थियो।

दुर्घटनामा भक्तपुर ठोरियाका ३६ वर्षीय बाबुलाल तामाङको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भक्तपुर पिखेलका २० वर्षीय विवेक केसी गम्भिर घाइते भएका छन्। उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनामा संलग्न दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.