|

  • सविता जिसी-

सुर्खेत : १६ दिदेखि बन्द रहेको वीरेन्द्रनगरको सिद्ध बाल बहिरा विद्यालय प्रध्यानाध्यापकको सरुवा गरपछि खुलेको छ।

प्रधानाध्यापक चन्द्र कार्कीलाई हटाएर नयाँ प्रध्यानाध्यापक ल्याउनुपर्ने, व्यवस्थापन समितिको गठन गर्नुपर्ने लगायतका १३ बुँदे माग राखेर विद्यार्थीहरुले विद्यार्थीहरुले तालाबन्दी गरेका थिए।

विद्यार्थीको माग अनुसार शुक्रबार जिल्ला शिक्षा कार्यालयले प्रधानाध्यापक कार्कीलाई वीरेन्द्रनगरकै कृष्ण संस्कृत तथा साधारण माविमा सरुवा गरेपछि विद्यार्थीहरु ताला खोल्न सहमत भएका हुन्।

जिल्ला शिक्षा कार्यालय र विद्यार्थीहरुबीच विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया अघि बढाउने सहमति पनि भएको शिक्षा कार्यालयका सूचना अधिकारी भोजप्रसाद लम्सालले जानकारी दिए। फरक क्षमताका विधार्थीहरु भएका कारण उनीहरुका माग पूरा गर्न ढिलाई भएको लम्सालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.