|

  • मेगराज खड्का

रुकुम : रुकुममा केन्द्रीय विद्युत लाइनको विद्युत बलेको छ। खलंगा वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले मुसीकोट सम्ममा शीतलपाटी–मुसीकोट केन्द्रीय प्रसारण लाइनको विद्युत सञ्चालनमा आएको जानकारी दिए।  उनका अनुसार अहिले परिक्षण प्रशारणका रुपमा विद्युत लाइन सञ्चालन भैरहेको छ। 

केन्द्रिय लाइन बिस्तारको लागि कात्तिक दोस्रो साता नेपाल विद्युत प्राधिकरणको खलंगा वितरण केन्द्र कार्यालय उद्घाटन गरि तिव्र गतिमा काम थालिएको थियो। ‘खुसिको कुरा भन्‍नुपर्छ छोटो समयमा पनि रुकुम खलंगासम्म केन्द्रिय लाइनको विद्युत बलेको छ’ प्रमुख प्याकुरेलले भने, ‘हाल यसलाई परिक्षण प्रशारणको रुपमा सञ्चालन गरिरहेका छौं, कुन समयमा कति विद्युतको लोड हुन्छ भनेर चेक गरिरहेका छौ,’ विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगञ्जसँंग थप समन्वय गरेर ३\४ दिनपछि नियमित विद्युत रुपमा सञ्चालन हुने उनले बताए। 

तत्कालका लागि केन्द्रिय लाईन सल्यान रुकुम सडकखण्ड आसपासका बजार केन्द्र र सदरमुकाम खलंगामा सञ्चालन गरिएको छ। रुकुममा केन्द्रिय लाइन बिस्तारका लागि काम थालेको करिब एक दशकपछि केन्द्रीय प्रसारण लाइनको विद्युत मुसिकोटमा बलेको हो।

यसअघि रुकुममा केन्द्रीय लाइन बिस्तारका लािग पहल गरिएको भएपनि दशकसम्म काम रोकिँदा गाडिएका पोल तथा तारहरु अलपत्र परेका थिए।  मुसीकोटसम्म आउने केन्द्रीय बिद्युतको ११ केभी क्षमताको हो।

त्यस्तै यस क्षेत्रमा स्थानीय स्तरमा उत्पादित विद्युतलाई केन्द्रीय लाईनमा जोड्न शीतलपाटीमा सबस्टेसन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। रुकुममा पनि सव स्टेशन बनाउने योजना बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.