|

काठमाडौं : एशिया र अफ्रिकामा वन्यजन्तु तस्करीमा लागेका गिरोहहरुको पहिचान गर्नका लागि इन्टरपोलले नयाँ परियोजना सार्वजनिक गरेको छ। काठमाडौंमा भएको इन्टरपोलको २३ औं एशिया क्षेत्रीय सम्मेलनका दौरान यो परियोजना सार्वजनिक गरिएको हो। 

यस योजनाअन्तर्गत गैडाको सिंग तथा अन्य विभिन्न दुर्लभ जनावरको तस्करी गर्नेहरुलाई विशेषा सतर्कता साथ निगरानी गरिनेछ। अपराधीहरुको जालो, ट्रान्सिट र तस्करी भएका जनावरका अङग पुग्‍ने गन्तव्यको पहिचान गर्नका लागि इन्टरपोलले विशेष योजना ल्याएको हो।

इन्टरपोलको वातावरणीय सुरक्षा कार्यक्रमले अन्य युनिटहरुलाइ समेत तस्करी रोक्नका लिग विशेष तालिम दिनेछ। वातावरणीय अपराधले भ्रस्टाचार, कालोधन र अवैध ढंगले हतियार ओसारपसारमा सम्बन्ध राख्‍ने गरेको इन्टरपोलको ठहर छ।

इन्टरपोलका महासचिव जर्जेन स्टोकले यस योजना इन्टरपोलका मान्यताहरुमा आधारित रहेर लागु गरिने बताएका छन्। उनले यो योजना धेरै वन्यजन्तु तस्‍करी हुने मुलुकहरुका लागि प्रभावकारी बन्‍ने बताएका छन्,'विश्वका वन्यजन्तुहरुको संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो। हामीले अन्तर्राष्ट्रिय कानुन अनुसार काम अघि बढाउनेछौं,' उनले भनेका छन्।

इन्टरपोल यूएन वातावरण रिपोर्टका अनुसार ८० प्रतिशत देशहरुले वातावरणीय अपराधलाई राष्ट्रिय प्राथमिकता बनाएका छन्। यस्ता अपराध नियन्त्रणमा धेरै खाले चुनौती देखिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.