|

काठमाडौं : तराई मधेश लोकतान्त्रिक पार्टीले सात जना केन्द्रीय सदस्यलाई पदाधिकारीमा मनोनयन गरेको छ। पार्टीले ४ जना केन्द्रीय सदस्यलाई महामन्त्री र ३ जनालाई सह-महामन्त्रीको जिम्मेवारी दिएको हो।

महामन्त्रीमा मनोनित हुनेहरुमा  विजय सिंह, उमाकान्त झा, चन्दा चौधरी र  जितेन्द्र  सिंह छन्। तमलोपाले सुरेन्द्र झा, मीरा अन्सारी र रामचन्द्र वैठालाई सह- महामन्त्रीको जिम्मेवारी दिएको छ। 'विभिन्न जाति तथा समुदायलाई समावेश गरी पार्टीलाई गतिशिल बनाउन पदाधिकारी मनोनयन गरिएको हो,' अध्यक्ष महन्थ ठाकुरद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.