|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले दुर्लभ हिम चितुवाको संरक्षणका लागि नेपाल प्रतिवद्ध रहेको बताएका छन्। काठमाडौंमा भएको ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन कार्यक्रममा प्रधानमन्त्रीले भूकम्पका कारण हिम चितुवाको बासस्थानमा समेत समस्या आएको बताए।

'हजारौं मानिस र जनावरहरुको ज्यान गयो। जमिन तितरवितर भयो। सडकहरु बन्द भए। पानीको मुहान फेरियो। तर हामी पुनर्निर्माणको प्रक्रिया छौं,' प्रधानमन्त्रीले भने। उनले प्राकृतिक हिम चितुवाको घर नेपाल सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको बताए। ' संसारमा थोरै संख्यामा मात्रै हिम चितुवा बाँकी छन्। हामीलाई यस सुन्दर जनावरको संरक्षण गर्ने र संख्या बढाउनुपर्ने चुनौती छ,' प्रधानमन्त्रीले भने।

नेपालमा हिम चितुवा पाइने क्षेत्रहरु विश्वका उत्कृष्ट पर्यटकिय गन्तव्य रहेको उनले बताए। उनले यस क्षेत्र ट्रेकिङ र पर्वतारोहणका लागि निकै चर्चित रहेको बताए। उनले हिमाली पर्यावरण संरक्षणका लागि नेपालले प्रयास गरिरहेको बताए। नेपालमा भैरहेको पुनर्निर्माण प्रक्रिया वातावरणमैत्री हुने प्रधानमन्त्रीले बताए।

प्रधानमन्त्रीले दाहालले सम्मेलन हिम चितुवाको संरक्षणका लागि फलदायी हुने विश्‍वास व्यक्त गर्दै नयाँ योजनाहरु बनाउन सफल हुनेमा शुभकामना दिए। उनले वातावरण संरक्षणमा नेपालले अन्तर्राष्ट्रिय समुदासँग हातेमालो गरेर अघि बढ्ने बताए। उनले यसका लागि नेपालले सन् २०१४ देखि २०२० सम्मको राष्ट्रिय जैविक विविधता रणनिति र कार्ययोजना तयार पारेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.