|

काठमाडौं : व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले निर्वाचन सम्बन्धी विधेयक छलफलको क्रममा रहेको जनाएको छ। संसदले राज्य व्यवस्था समितिमा पठाएको थ्रेस होल्ड, दलदर्ता, निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार, निर्वाचन कानुन, निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयकबारे निरन्तर छलफल भैरहेको जानकारी दिएको हो। 

प्राप्त विधेयकमाथि राजनीतिक सहमति समेत जुटाउनुपर्ने भएकाले छलफल लम्बिएको समितिका सचिव भरतराज गौतमले जानकारी दिए। उनले उपसमितिमा छलफलको क्रममा रहेको विधेयक राजनीतिक दल सम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि सरकार र प्रमुख दलका नेताहरुसँग छलफल भैरहेको बताए। 

सचिव गौतमले राजनीतिक दल विधेयकमा धेरै संशोधन परेको र राजनीतिक सहमति समेत आवश्यक परेकाले छलफल लम्बिएको पनि उल्लेख गरे। दलहरुबीच थ्रेस होल्ड, दल दर्तालगायतका विषयमा पनि सहमति जुटन सकेको छैन्। समितिले दलहरुबीच सहमति जुटाएर विधेयकलाई अन्तिम रुप लिन गृहकार्य गरिरहेको पनि जनाएको छ।

निर्वाचनको मिति घोषणा नगरेको भन्दै नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले सरकारको आलोचना गर्दै आएका छन् । २०७४ साल माघ ७ भित्र तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.