|

काठमाडौं : पुर्वान्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा सर्वाधिक ७ स्वर्ण पदक जितेका जिम्न्याष्टिक खेलाडी राजु राईलाई गितान्जी कलजेले नगदसहित सम्मान गरेको छ। काठमाडौंको नयाँबजार टाउन प्लानिङस्थित गितान्जली कलेजले उनलाई ५ हजार नगदसहित सम्मान गरेको हो।

कलेजका अध्यक्ष मोहन केसीले खेलाडी राईलाई ५ हजार नगद र सम्मानपत्र प्रदान गरे। कार्यक्रममा सम्मानित भएका राईले भर्खरै सकिएको कलेजको खेलकुद सप्ताहमा विजयी भएका खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरे। ४ वर्षको उमेरदेखि जिमन्याष्टिक खेल्न थालेका राईले विभिन्‍न जिमन्याष्टिक प्रतियोगितामा पदक जितिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.