|

काठमाडौं : विज्ञहरुले निर्वाचनमा जान सरकार र राजनीतिक दलहरुलाई विशेष आग्रह गरेका छन्। विज्ञहरुले संवैधानिक व्यवस्था अनुसार निर्वाचनलाई प्रमुख प्राथमिकता दिएर अघि बढ्नुको विकल्प नरहेको पनि औल्याएका छन्। निर्वाचनका लागि दवाव दिने उद्देश्यका साथ शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै फाष्ट ट्रयाकको विधि अनुसार पनि तोकिएकै मितिमा तीनै तहको निर्वाचन गर्न सकिने सुझाव पनि सरकारलाई दिइएको छ।

कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सरकार र राजनीतिक दलहरुलाई निर्वाचनको मिति तत्काल घोषणा गर्न आग्रह गरे। उनले बाधा अडकाउ फुकाएर निर्धारित समयभित्रै निर्वाचन सम्भव हुने धारणा राखे। निर्वाचनको मिति घोषणा गरेर पनि बाधा अडकाउ फुकाउको फाष्ट ट्रयाक विधिबाट निर्वाचनको काम कारबाहीलाई अघि बढाउन सकिने उनको सुझाव छ। पोखरेलले दलहरुले चाहेमा समयमै निर्वाचन सम्पन्न हुने विश्वास पनि व्यक्त गरे।

अर्का पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ड उप्रेतिले तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिए। उले तत्काल निर्वाचन मार्गचित्र बनाएर त्यस अनुसार अघि बढे समयमै निर्वाचन गर्न कठिनाई नहुने अनुभव सुनाए। उनले स्थानीय तहको निर्वाचन चरणवद्ध रुपमा गर्न सकिने पनि उल्लेख गरे। उप्रेतीले दलहरुलाई दश महिनाभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेकाले पहिला स्थानीय तहको निर्वाचनमा जान उपयुक्त हुने धारणा पनि राखे।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन छिटो होस भन्ने जनचाहना अनुसार दलहरु अघि बढे निर्वाचन सम्पन्न गर्न कठिनाई नहुने स्पष्ट पारे। उनले जनतालाई साथ लिएर अघि बढे सरकारलाई निर्वाचन सम्पन्न गर्न कठिनाई नहुने धारणा पनि राखे। श्रेष्ठले संविधान जारी गर्ने बेलाको जस्तो जाँगर देखाउन सके अबको १० महिना भित्र तीनै तहको निर्वाचन गर्न कठिनाई नहुने पनि स्मरण गरे। विज्ञहरुले जनताले निर्वाचन चाहेकाले ढुक्क भएर निर्वाचनको तयारीमा जुट्न सरकार र राजनीतिक दलहरुलाई सुझाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.