|

कपिलवस्तु : वाणगंगा सुनचांदी  व्यवसायी संघ जितपुर कपिलवस्तुले आफ्ना हाताभित्र रहेका सम्पुर्ण व्यवसाय २ दिन बन्द गर्ने घोषणा गरेको छ। नेपाल सरकार र नेपाल सुनचांदी व्यवसायी महासंघले तोकेको दररेटमा भन्दा महङगोमा खरिद गरि ग्राहकको माग अनुसार कारोबार गर्न सक्ने अवस्था नरहेको भन्दै  संघले माघ ७ र ८ गते व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।

सरकार तथा राष्ट्र बैंकले व्यवसायीलाई वितरण गर्ने सुनको मात्रा एकदमै कम भएको भन्दै संघले कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भरत बहादुर बुढाथोकीमार्फत नेपाल सरकार अर्थ मन्त्रालय, बाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल सुनचांदी व्यवसायी महासंघ काठमाडौं, तथा नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालय काठमाडौंसमक्ष ज्ञापन पत्र बुझाएको छ।

विवाह तथा चाडपर्वको समयमा माग अनुरुपको सुनचांदीको आपुर्ति सहज रुपमा नभएको भन्दै वाणगंगा सुनचांदी व्यवसायी संघ जितपुर कपिलबस्तुका अध्यक्ष नारायण शाक्यको अगुवाइमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले सो सम्बन्धि ज्ञापन पत्र पेश गरेको हो। 

आफना मागहरु सम्बन्धित पक्षले सम्बोधन नगरेमा आफ्ना ब्यबसाय बन्द गर्ने परिस्थिती सिर्जना हुने बाणगंगा सुनचांदी व्यवसायी संघ ४ नं. जितपुरका अध्यक्ष नारायण शाक्यले बताए। 

'हाम्रो रोजिरोटी खोस्न सरकार लागिपरेको छ,' उनले भने । ग्राहकको माग अनुरुप गरगहना बनाउन नसक्दा ग्राहक असन्तुष्ट हुन्छन्, यस्तो अवस्थाले ब्यबसाय धरापमा परेको शााक्यले भने । सरकारले सुनको शुद्धिकरणसंगै सहज आपुर्तिमा बिशेष ध्यान दिनुपर्ने कपिलबस्तु सुनचांदी व्यवसायी संघका अध्यक्ष देवी प्रसाद बर्माले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.