|

नेपालगन्ज : आफ्नै श्रीमानबाट आगो लगाइएकी नेपालगन्ज उपमहानगरपालिका–१२ खटकनपुर्वाकी २२ वर्षिया अनिशा खटिकलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि अनिशालाई काठमाडौ लगिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज पौडलले बताए। उनलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ। 

उनका श्रीमान राजेन्द्र खटिकले बिहीबार राति करिब पौने ९ बजे सामान्य विवादमा टुकीमा रहेको मट्टितेल खन्याएर आगो लगाई मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ। आगलागीबाट अनिशाको स्तन, मुख र टाउको जलेको छ। 

जलेर गम्भिर घाइते अनिशाको ५० प्रतिशत भन्दा बढि भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ। उनको घाँटीमा धेरै जलेकोले स्वास प्रश्वासमा समस्या देखिएको छ। अग्‍नी हिंसा पीडित नेपालको सहयोगमा उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.