|

इटहरी : आफूले एसएलसी भन्दा बढी पढ्न पाएनन्। पढ्ने चाहना नभएर होइन आर्थिक अवस्थाले दिएन। पैसा नभएर पढ्न नपाउँदाको पीडा कस्तो हुन्छ चन्द्र भण्डारीलाई राम्रोसँग थाहा छ। आफूले जस्तै पीडा अरुले भोग्नु नपरोस् भन्ने सोचेले उनलाई घचघच्यायो। निम्न आय भएका परिवारका केटाकेटीलाई उनले खुला स्थानमा नै ट्युसन पढाउन थाले। यो क्रम चलेको २२ वर्ष पुगेछ।

उनको यो अभियानलाई अभिभावकले साथ दिएका छन् केटाकेटी पठाएर। आफ्ना नानीहरुलाई बिहानै बोरा दिएर ट्युसन पठाउँछन्। विद्यार्थीलाई घामपानीबाट जोगाउन खोलाको छेउमा बाँसको टहरो बनाएका थिए। ' राम्रै काम गरेपनि कहाँ रुचिकर हुँदो रहेछ र! ' उनी भन्छन् 'के के पोल लगाइदिए नगरपालिकाले भत्काइदियो।'

अहिले उनी भुइँमै पढाइरहेका छन् इटहरीको टेंग्रा खोला निजक धुले सडकमा। यो अवधिमा उनले पढाएका विद्यार्थी सरकारी गैर सरकारी क्षेत्रका बिभिन्न ओहदामा पुगे तर उनको पढउने स्थान र क्रम उस्तै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.