उच्च अदालतद्वारा अन्तरिम आदेश

|

काठमाडौं : उच्च अदालत पाटनले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । 

'बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नू नगराउनू तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नू , नगराउनू', आदेशमा भनिएको छ। 

सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेकाले वि.सं २०७६ असोज २७ गते प्रकाशित राजपत्रानुसार यस्तो अतिआवश्यक सेवामा संलग्न कर्मचारीलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ विपरित भएको आदेशमा छ । 

नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी सङ्गठन नाडेप लघुवित्तीय संस्थाविरुद्धमा  उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.