|

  • अनिल  खत्री-

गुल्मी : सुत्केरी अवस्थामा आमाको मृत्युपछि बेशाहारा बनेका गुल्मीका ४ जना बालबालिकालाई जापानमा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन्। पुर्कोट दह–१ का  दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गाकुमारीको मृत्यु भएपछि बेसाहारा बनेका ४ सन्तानलाई गुल्मेली समाज जापानले १ लाख ५ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो।

बालबालिकाको लालन पालनसगै शिक्षाका लागि भन्दै सहयोग गरेको समाजले जनाएको छ। उक्त सहयोग रकम शुक्रबार सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले बालिका संगिता भुसाललाई हस्तातरण गरिन्।

बालबालिकाको लालनपालनसँगै शिक्षाका लागि बिभिन्न संघसंस्थाहरुबाट अहिलेसम्म १२ लाख ३५ हजार रुपैयाँ सहयोग प्राप्त भएको स्थानीय शिक्षक एवं सहयोग अभियानका संयोजक बोमबहादुर कुवँरले जानकारी दिए। संकलित रकम उक्त परिवारले दुई लाख भन्दा बढी ऋण तिरेको र केही रकम स्थानीय सहकारीमा बचत गरेको उनले जानकारी दिए। सहयोगबाट संकलित धेरैजसो रकम भने बालबालिकाको नाममा बैंक खातामा राखिएको शिक्षक कुँवरले बताए।

कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गाकुमारीको विरामी भएर उपचारको क्रममा मंसिर ३ गते मृत्यु भएको थियो। दुर्गाकुमारी आफ्नौ पाँचौ सन्तान जन्माएपछि मृत्यु भएको थियो। उनको नवजात शिशुलाई भने पुर्कोटदहकै विश्व भुसालले आफ्नै सन्तानको रुपमा जिम्मा लिएका छन्। आमाको मृत्युपछि १३ वर्षकी संगीता र ११ वर्षकी रमिता किरिया बसेका थिए। ८ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरिया बसेनन्।

यो पनि पढ्नुस् : आमाको किरिया गरेका बालिकाको शिक्षाका लागि २ लाख १२ हजार रुपैयाँ सहयोग

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.