|

दाङ: झारबैरा चोकमा ट्याक्टरले मोटर साइकललाई ठक्कर दिंँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ लु ३ त ३१२ नम्बरको ट्याक्टरले बा ७५ प २९५१ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा चालक दाङ घोराही नगरपालिका– ११ बस्ने २५ वर्षीय केशव पौडेलको मृत्यु भएको हो।

गम्भीर घाइते भई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लगिएका पौडेलको राति नै मृत्यु भएको हो।। ठक्कर दिने ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नारायणपुरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.