|

मुगु : मुगु जिल्लाको उत्तरी सोरुगाउँपालिका-५ जिमामा रहेको सोरु तातोपानी कुण्ड पर्यटकको पखाईमा छ। सो प्रमुख पर्यटकीयस्थल भए पनि प्रचारप्रसारको अभावमा सोरु तातोपानी ओझेलमा परेको हो।

मुगु जिल्लामा रारा मात्रै हैन सोरु तातोपानी कुण्ड पनि छ। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न कर्णाली प्रदेशमा आउने पर्यटकका लागि पुग्नैपर्ने स्थान स्नान गर्ने पर्ने पर्यटकीयस्थल सोरु तातोपानी पनि एक हो।

सोरु तातोपानी कुण्ड जुम्ला तातोपानीभन्दा राम्रो भएको जानकाहरु बताउँछन्। सोरु तातोपानीमा स्नान गर्न र रोगविराम हट्‍ने विश्‍वासले विभिन्‍न जिल्लादेखि मानिसहरू आउने गरेका स्थानीयको भनाइ छ।

यहाँ स्नान गरे बाथ रोग, छाला चिलाउने, पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ। सामान्य बिरामी, शरीर दुख्ने, टाउको दुख्ने शरीरका गाँठागुठी दुख्ने विराम लागे सोरु तातोपानी कुण्डमा स्नान गरेमा निको हुने स्थानीय कमल परियारले बताए।

जिल्लाभित्र र जिल्ला बाहिर, जुम्ला, हुम्ला, बाजुरा कालीकोट, दैलेख लगायतका पर्यटकहरू सोरु तातोपानीमा स्‍नान गर्न आउने गरेका स्थानीय ७२ वर्षीय हर्क जैशीले बताए। विशेषगरी बुढापाकाहरूलाई तातोपानीले धेरै फाइदा गरेको जैसीको भनाइ छ।

संरक्षणको अभाव

सोरु तातोपानीमा तल कर्णालीको छाल नजिकै एक तातोपानीको पोखरी छ भने त्यसभन्दा माथि दुईवटा धारा निर्माण गरिएका छन्। तर, तातोपानी कुवा र बनाइएका धारा व्‍यवस्थित छैनन्। पोखरी पनि ठूलो हुनुपर्ने र धारा पनि महिला पुरुष फरक हुनुपर्ने तातोपानी स्नान गर्न गएका जयमल्लले बताए।

भैलो पूर्णिमामा भव्‍य मेला

सोरु तातोपानीमा विभिन्न समयको पूर्णिमाको अवसर पारेर तातोपानीमा मेला लाग्ने गर्दछ। विशेष गरी भलो पूर्णिमामा विशेष मेला लाग्ने र देउडा लगायतका कार्यक्रम गरी रमाइलो गर्ने गरिन्छ। तातोपानीमा, वैशाख पूर्णिमा, साउन पूर्णिमा र भैलो पूर्णिमालगायत समयमा मेला लाग्ने गर्छ।

तातोपानीमा स्नान गरी पाप कटाउने रोगविराम हट्ने विश्वासका साथ मेलामा रमाइलो गर्ने सोरु गाउँपालिका ९ की गोमा गिरीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.