|

क्षेत्रीय दबाब तिव्र भएपछि पश्चिम अफ्रिकी देश द गाम्बियाका राष्ट्रपति याहया जाम्मेह सत्ता हस्तान्तरण गर्न सहमत भएका छन्। उनले टेलिभिजन मार्फत सत्ता छोड्ने जानकारी गराएका हुन्। गिनी र मौरिटानियाका राष्ट्रपतिहरुसंगको छलफलपछि जाम्मेहले पद छोड्ने घोषणा गरेपनि के सम्झौता भएको थियो भन्ने नखुलाइएको बिबिसीले जनाएको छ।

जाम्मेहले पद छोडेको घोषणा गर्नु अघि मौरिटानियाका राष्ट्रपति मोहम्मद ओलुड अब्देल अजिजले सत्ता हस्तान्तरणका लागि सम्झौता भएको र जाम्मेहले देश छोड्ने बताएपनि थप विवरण नदिएको समाचारमा उल्लेख छ। वार्ता अघि पश्चिम अफ्रिकी मुलुकहरुको संगठन ईकोवासले जाम्मेहलाई पद छोड्न अन्तिमपल्ट शुक्रबार बेलुकासम्मको समय दिंदै नछोडे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएको थियो।

त्यसका लागि दुई दिन अघि सेनेगल नेतृत्वको क्षेत्रीय सैन्य फौज गाम्बिया प्रवेश गरेको थियो। जाम्मेहले तीन दिन भित्र देश छोड्ने बताइएपनि उहाँ आज नै देशबाट बाहिरिने अपेक्षा गरिएको छ। शनिबार सेनेगलमा रहेका राष्ट्रपति अदामा बरो स्वदेश फर्किने सम्भावना रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.