|

काठमाडौं : स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख चार दलको बैठक बोलाएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बेलुका ५ बजे बोलाइएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका नेताहरुलाई बोलाइएको छ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उक्त बैठकमा दलहरुसँग स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ। संसदमा रहेको संविधान संशोधन विधेयक पारित गरेर वा नगरी चुनावमा जाने भन्ने विषयमा प्रमुख दलबीच विवाद छ।

प्रतिपक्षी नेकपा एमालेले संशोधन विधेयक थाती राखेरै चुनाव घोषणा गर्नुपर्ने बताएको छ भने सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले पारित गरेर जानुपर्ने बताउँदै आएका छन्। सत्ता साझेदार राप्रपाले पनि संशोधन विधेयकमा आफूहरुसँग सल्लाह नगरिएको भन्दै कांग्रेस र माओवादीसँग असन्तुष्टी राख्दै आएको छ।

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.